सूर्यज्योति लाइफ  इन्स्योरेन्सको सेयर बिक्रीमा

मंगलबार, २५ असार २०८१, ११ : २७

काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हो । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकता दिएर विक्रीमा ल्याइएको यी शेयर पहिलो चरणमा विक्री नभएमा दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने कम्पनीहरूले जानकारी दिएका छन् ।
 

मंगलबार, २५ असार २०८१, ११ : २७

प्रतिक्रिया