काठमाडौं - साताको तेस्रो कारोबार दिन सेयर बजार १५.७९ अंकले बढेर २१५२ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा ८ वटा उपसूचक हरियाली भएको छ । यस दिन गणपति लघुवित्त, आत्मनिर्भर लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, यूनिक नेपाल लघुवित्तको ९.७९ प्रतिशत, सबैको लघुवित्तको ९.१५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १९ करोड ७७ लाख ७५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १६ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन जानकी फाइनान्सको १३ करोड ५६ लाख ४४ हजार रुपैयाँ, ङादी ग्रुप पावरको १३ करोड १६ लाख १० हजार रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको १२ करोड ३६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया