मितेरी डेभलपमेन्ट बैंकको  संस्थापक सेयर बिक्रीमा

मंगलबार, २५ असार २०८१, १६ : ४८

काठमाडौँ - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने सो सेयर इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण पनि खुलाई बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु सक्नेछन् ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट यो सेयर खरिद आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 
 
 

मंगलबार, २५ असार २०८१, १६ : ४८

प्रतिक्रिया