एसियन लाइफ इन्स्योरेन्सले सेबोनसँग माग्यो  हकप्रद सेयर बिक्री गर्ने अनुमति

मंगलबार, २५ असार २०८१, १८ : ४८

काठमाडौँ - एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  यसआधारमा, प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।

हाल एसियन लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । 
 

मंगलबार, २५ असार २०८१, १८ : ४८

प्रतिक्रिया