काठमाडौं- नेपाल धितोपत्र बोर्डले तत्काललाई रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ रोक्ने भएको छ । बुधबार मुक्ति श्रेष्ठको नेतृत्वमा बसेको नियमन विभागको विभागीय बैठकले कम्पनीको आइपीओ तत्काललाई रोक्ने निर्णय गरेको हो ।
आइपीओ निष्कासन गर्ने मिति नजिकिँदै गर्दा कम्पनीको चौतर्फी आलोचना बढ्दै गएको छ । आलोचनासँगै दबाब बढ्नथालेपछि कम्पनीको आइपीओ रोक्ने निर्णयमा बोर्ड पुगेको छ ।
कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिँदा घोटाला भएको विषयमा संघीय संसद्को सार्वजनिक लेखा समितिमा प्रश्न उठे पछि बोर्ड आइपीओ प्रक्रिया रोक्ने निर्णयमा पुगेको हो । निर्णयको पत्र भने सार्वजनिक भइसकेको छैन ।
प्रतिक्रिया