११ महिनामा शेयर बजारकाे क्षेत्रमा के के भयाे ?

विहीबार, २७ असार २०८१, ०५ : ५६

काठमाडाैं- नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको तथ्यांकमा शेयर बजारको क्षेत्रमा भएको गतिविधिको तथ्यांक सार्वजनिक गरेको छ ।  यो ११ महिनामा र अघिल्लो महिना शेयर बजारको अबस्था तुलना गरिएको छ ।

२०८० जेठ मसान्तमा २०४२.०७ रहेको नेप्से सूचकाङ्क २०८१ जेठ मसान्तमा २११२.३० कायम भएको छ । २०८१ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३४९ अर्ब ४८ करोड कायम भएको छ। २०८० जेठ मसान्तमा बजार पुँजीकरण २९८६ अर्व २० करोड रहेको थियो । त्यस्तै,२०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५।० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०।५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड शेयरको चुक्ता मूल्य  ८२३ अर्ब ३१ करोड रहेको छ । आर्थिक वर्ष २०८०-८१ को एघार महिनामा  ८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर,२१ अर्ब ९८ करोड बराबरको बोनस शेयर, २१ अर्ब १७ करोड बराबरको हकप्रद शेयर र रु।३ करोड बराबरको एफपीओ गरी कुल१२९ अर्ब ९८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

विहीबार, २७ असार २०८१, ०५ : ५६

प्रतिक्रिया