काठमाडाैं- लक्ष्मी सनराइज क्यापिटलले आफ्ना सेवाग्राहीलाई डिम्याट ९हितग्राही० खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले साविक लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एकाअपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज बैंकका कार्यालयमार्फत चालू आर्थिक वर्ष ०८०र०८१ सम्म डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्कबापत प्रत्येक आर्थिक वर्षको १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउन भनेको हो ।
खातावालाहरूले सन्राइज क्यापिटल वा लक्ष्मी सनराइज बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क राखी नवीकरण शुल्क बुझाउन सक्ने कम्पनीले जनाएको छ । खातावालाले नवीकरणबापतको शुल्क फोनपे, क्युआर, खल्ती, कनेक्ट आईपीएस, इसेवा तथा मेरो शेयर ड्यासबोर्डमार्फत बुझाउन सक्नेछन् ।
त्यस्तै, कम्पनीले अघिल्लो आर्थिक वर्षको वार्षिक शुल्क बुझाउन बाँकी रहेका खातावालाको खाता रोक्का हुने भएकाले सो शुल्कसमेत बुझाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । पनि हितग्राहीको डिम्याट खाता त्यसैगरी सनराइज क्यापिटलमा हितग्राही खाता खोली धितोपत्र कारोबार गरेका कतिपय खातावालाले हालसम्म पनि केवाईसी अद्यावधिक नगरेकाले अद्यावधिक गराउनसमेत भनिएको छ ।
प्रतिक्रिया