काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीहरुलाई ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन आग्रह गरेको छ ।
बैंकले सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम कतिपय सेयरधनीले अझै पनि नलिएकाले त्यस्ता सेयरधनीलाई नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो । सेयरधनीहरु वा नजिकका हकवालाहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।
उक्त मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
नगद लाभांश बुझ्न बाँकी सेयरधनीहरुको विस्तृत विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले बताएको छ ।
प्रतिक्रिया