काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा पठाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीले गत पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाएको बताएको छ ।
प्रतिक्रिया