काठमाडौँ महानगरले ३० जना चालक माग्यो

विहीबार, २७ असार २०८१, १३ : ३०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले करारमा नियुक्ति गर्नेगरी ३० जना हेबी सवारी चालक माग गरेको छ । 

तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् । 
ddf

विहीबार, २७ असार २०८१, १३ : ३०

प्रतिक्रिया