सेयर बजारमा २९.२१ अंकले वृद्धि

विहीबार, २७ असार २०८१, १५ : २१

काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजार २९.२१ अंकले बढेर २२०४ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा ११ वटा उपसूचक हरियाली भएको छ । यस दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १५ करोड २५ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको १४ करोड ८८ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको १२ करोड ७९ लाख ७२ हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १२ करोड ६८ लाख ५० हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ७९ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा उत्साह, कारोबार रकममा उछाल आउँदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सर्वाधिक कारोबार हुने कम्पनी

आज बलेफी हाइड्रोपावर र सिटिजन सुपर ३० म्युचुअल फण्डको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, एनआइबिएल स्टेबल फण्डको ९.८३ प्रतिशत, जानकी फाइनान्सको ८.७६ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ को ७.८२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

विहीबार, २७ असार २०८१, १५ : २१

प्रतिक्रिया