गरिमा बैंकको शेयर विक्री खुला

शुक्रबार, २८ असार २०८१, ०८ : ५९

काठमाडौं-  गरिमा विकास बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ । बैंकले चार लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयरसर्वसाधारण्का लागि बिक्रीमा  ल्याएको हो । बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको आज जारी सूचनामा उल्लेख छ ।

बैंकको शेयर खरिद गर्न चाहने शेयरधनीले १५ दिनभित्र लाजिम्पाट, काठमाडौंमा रहेको बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

शुक्रबार, २८ असार २०८१, ०८ : ५९

प्रतिक्रिया