सूर्य ज्योति लाइफको संस्थापक सेयर बिक्रीमा

शुक्रबार, २८ असार २०८१, १२ : ३६

काठमाडौँ - एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ ।

बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी साउन ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ निर्धारण गरिएको छ। सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्।

शुक्रबार, २८ असार २०८१, १२ : ३६

प्रतिक्रिया