आज तीन कम्पनीको साधारण सभा बस्दै

आइतबार, ३० असार २०८१, ०९ : ०५

काठमाडाैं- आज असार ३० गते नेप्सेमा सूचीकृत ३ कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । यसदिन विजय लघुवित्त, समाज लघुवित्त र रसुवागढी हाइड्रोपावरले वार्षिक साधारण सभा डाकेका हुन् । यी ३ वटै कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएका हुन् ।

विजय लघुवित्तको वार्षिक साधारण सभा धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ् । सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन । सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम छ । 

साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

समाज लघुवित्तको सभा जानकी फेमिली होटल एन्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 
 

आइतबार, ३० असार २०८१, ०९ : ०५

प्रतिक्रिया