सेयर बजार ५२.९७ अंकले बढेर २२५७ को विन्दुमा पुग्यो

आइतबार, ३० असार २०८१, १५ : २७

काठमाडौं - साताको पहिलो कारोबार दिन सेयर बजार ५२.९७ अंकले बढेर २२५७ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ । यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड २७ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको संस्थापक सेयरको २१करोड २७ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको २० करोड ७५ लाख १० हजार रुपैयाँ, नेपाल फाइनान्सको १९ करोड १७ लाख १९ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड १४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सकरात्मक सर्किट लागेका कम्पनीहरु

नयाँ सत्ता समीकरणका लागि कांग्रेस0एमालेबीच सहमति भएसँगै असार १८ गते सेयरबजारमा दुई पटकसम्म सर्किट ब्रेक लागेको थियो । त्यो दिन करिब १ घण्टासम्म कारोबार नै बन्द गरिएको थियो । त्यसपछि नेप्से परिसूचक निरन्तर बढिरहेको छ । आइतबार बजार ५२.९७ अंकले बढेर २२५७ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन रिडी हाइड्रोपावर, माण्डु हाइड्रोपावर, जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

 

 

 

 

आइतबार, ३० असार २०८१, १५ : २७

प्रतिक्रिया