माओवादी बैठकमा प्रचण्डले भने –सम्मानजनक रुपमा एकता

६ बर्ष अगाडि

काठमाडौं– नेकपा माओवादी केन्द्रको  आइतबार बिहान सम्पन्न केन्द्रीय कार्यालय बैठकमा  अध्यक्ष प्रचण्डले अहिलेसम्म एकता प्रक्रियामा भएका प्रगतिबारे ब्रिफिङ गरेका छन् । 
बैठकमा प्रचण्डले निरन्तर एमालेसँग छलफल भइरहेको र सम्मानजनक रुपमा एकता हुने बताएका थिए । 
बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्, ‘प्रचण्ड व्यक्ति होइन आन्दोलन हो । यसकारण पार्टी, आन्दोलन सिद्धान्त, निष्ठाका आधारमा एक हुने हो ।’ 
पार्टी एकता अहिलेको आवश्यकता भएपनि एकता सम्मानजनक र निष्ठाका साथ हुने कुरा प्रचण्डले बैठकमा राखेको भुसालको भनाई छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया