काठमाडौँ - सरकारले व्यवसायको लागत घटाउने गरि कर प्रणालीको सुधार गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक बर्ष २०८१\८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले राजश्वका थप क्षेत्र पहिचान गरिने पनि बताए । साथै, सबै आर्थिक क्रियाकलापलाई औपचारिक अर्थात् करको दायरामा ल्याउने पनि उनले बताए । यसैगरि राजश्व सुशासनको दक्षता बढाउने पनि उनले बताए ।
प्रतिक्रिया