एमालेले बोलायो संसदीय दल बैठक

बुधबार, ०२ जेठ २०८१, १० : ०८

काठमाडाैँ- नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बस्ने भएको छ उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुने   जनाएकाे छ ।  सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् अवरोध कायमै छ । 

कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ भने सत्ता पक्ष त्यसमा तयार भइसकेको छैन । त्यस्तै पछिल्लो समय गिरीबन्धु टी स्टेटको जग्गा लिजमा दिएको विषयमा सर्वोच्चले केपी शर्मा प्रधानमन्त्री रहँदा गरेको तत्कालीन निर्णय माथि प्रश्न उठाएको  । यस निर्णयलाई लिएर नैतिक प्रश्न उठेको भन्दै  ओलीले जवाफ दिनुपर्ने प्रतिपक्षी दलहरुको माग रहेको छ 

बुधबार, ०२ जेठ २०८१, १० : ०८

प्रतिक्रिया