सेयर बजारमा उछाल, अन्य उपसुचक कस्तो ?

बुधबार, ०२ साउन २०८१, १५ : ३९

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । बुधबार बजार ५४.०४ अंकले बढेर २३६४ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा सबै उपसूचक हरियाली भएको छ ।

उक्त दिन सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५५ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको १७ करोड ९३ लाख ६७ हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १७ करोड १७ लाख १९ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १६ करोड ७५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको हो ।

यस दिन सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो इनर्जी, आँखु खोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर, सिइडिबी हाइड्रोपावरसहित कम्पनीको सेयर उच्च दरमा बढेको छ ।

बुधबार, ०२ साउन २०८१, १५ : ३९

प्रतिक्रिया