काठमाडाैं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई लाजिम्पाट, काठमाडौंमा रहेको बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।तोकिएको समयभित्र खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया