नेशनल लघुवित्तलको एफपीओ बिक्री प्रबन्धकमा आरवीबी मर्चेन्ट

विहीबार, ०३ साउन २०८१, १३ : ३६

काठमाडौँ - नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९र८० को वोनस सेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००।२७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्कासनको माध्यमबाट सेयर जारी गर्न लागेको छ ।

सो सम्झौतापत्रमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

 
 
 

विहीबार, ०३ साउन २०८१, १३ : ३६

प्रतिक्रिया