काठमाडौं- आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्रधामन्त्रीका आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो।
राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्रीलाई ब्रिफिङ गराइएको थियो। सोही अनुसार शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक राखेर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भएको थियो।
प्रतिक्रिया