काठमाडौँ - गरिमा विकास बैंकले ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले आज बैशाख २४ गतेदेखि ३५ दिनभित्र विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौमा के कति कित्ता शेयर खरिद गर्न चाहेको हो सो खुलाई आवश्यक कागजात सहित निवेदन पेश गर्न सक्ने छन् ।
उपरोक्त म्यादभित्र हाल कायम संस्थापक सेयरधनीमध्येबाट आंशिक्सम्पूर्ण सेयर खरिदको लागि निवेदन प्राप्त नभएमा बिक्री नभएका उपरोक्त सेयरहरु नियमानुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक कार्यवाही अघि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया