दुई इन्स्योरेन्स कम्पनीले सेबोनसँग हकप्रद ल्याउन मागे अनुमति

शुक्रबार, ०४ साउन २०८१, १६ : ४६

काठमाडौं - थप दुई इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छन् । सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत अर्थात १ः०।२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

त्यसैगरी, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत अर्थात १०ः४ अनुपातमा ६५ लाख ७६ हजार ९३७।७६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीको हकप्रद सेयरमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।
 

शुक्रबार, ०४ साउन २०८१, १६ : ४६

प्रतिक्रिया