विष्णु पौडेल अर्थमन्त्री बन्दा एक सातामा शेयर लगानीकर्ताको सम्पती ३४ अर्बले बढ्यो

शनिबार, ०५ साउन २०८१, ०८ : १९

काठमाडाैं- अघिल्लो साताको तुलनामा यो साता लगानीकर्ताहरु उत्साहीत बन्न पुगेका छन् ।  करिब ३४ महिनापछि शेयर बजारमा आएको सुधारले लगानीकर्ताहरु उत्साहित भएका हुन् । यतिबेला सबै पक्षले शेयर बजारलाई साथ दिएको अवस्था छ । बैंकको ब्याजदर घट्दो क्रममा छ । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार गठन गरेकाले लगानीकर्ताले सरकार अगामी दिनमा स्थायी हुने विश्वास लिएका छन् ।सरकारले भोलि मौद्रिक नीति ल्याउँदै छ । यो कारोबार रकम करिब ३ वर्षयताकै उच्च हो ।

यसअघि, २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड भन्दा धेरैको कारोबार भएको थियो । यस्तै, नेप्से सूचक पनि २०७९ वैशाख २८ गते यताकै उच्च हो । त्यस दिन नेप्से इन्डेक्स २३६९.०६ विन्दुमा बन्द भएको थियो । सबै समूहका सूचक बढेका छन् । लगानीकर्ताको मनोबल उच्च हुँदा सेयर बजारले गति लिन सकेको हो । पछिल्ला दिनको कारोबार रकममा आएको बढोत्तरी र नेप्से सूचक वृद्धि हेर्दा बजारले बुल रनको प्रारम्भिक तहहरु समाएको जानकारहरु बताउँछन् ।  नेप्से क्रमशः उच्चतम विन्दुहरुतर्फ अघि बढेको छ । यसरी बढेको सूचकलाई कारोबार रकमले पनि साथ दिंदै गएको छ । कम्पनीहरुको मूल्यले पनि एकपछि अर्को नयाँ विन्दु तय गरिरहेको देखिन्छ । यसआधारमा बजार सबल हुँदै गएको देखिन्छ । यद्यपि, सेयर बजार एकोहोरो ढंगले बढ्ने वा घट्नेमात्र पनि गर्दैन । बीचबीचमा साना–ठूला करेक्सनहरु पनि आइरहनेछ । तर बुल रनमा त्यस्ता करेक्सनहरुका बाबजुत पुनः पनि बजार माथितिरै लाग्ने प्रवृत्ति देखिनुपर्ने हुन्छ । यो साता पाँच दिन कारोबार भएको छ। उक्त अवधिमा नेप्से परिसूचक २१९.६९ अंकले बढेर २ हजार ४२४.३२ विन्दुमा आइपुगेको छ ।

यो साता नेप्से सूचक २ हजार २ हजार २३०.५० को न्युनतम् विन्दु र २हजार २२४.५९ को उच्चविन्दुमा रह्यो ।यो साता १९४.०९  विन्दुको उत्तारचढाव देखिएको छ ।नेप्सेको यो अंक २७ महिनायताकै उच्च हो । नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकमले पनि बुल यात्राकै संकेत गरेको छ । अघिल्लो साता ८४.९ अंकले बजार बढेर २ हजार २०४.६१ विन्दुमा  बन्द भएको थियो । उक्त साता न्युनतम विन्दु २ हजार १२१.९९ न्यनतम् विन्दुबाट बढेर २ हजार २०५.१५ विन्दुमा  पुगेको थियो । अघिल्लो साता ८३.१६ प्रतिशतको उत्तारचढाव देखिएको थियो ।कारोबार रकम पनि अघिल्लो साताको तुलनामा यो साता करिब ८३ प्रतिशतले बढेको छ ।अघिल्लो साता २८ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

शनिबार, ०५ साउन २०८१, ०८ : १९

प्रतिक्रिया