धेरैपछि  सार्वजनिक निष्कासनमा आएको एफपीओमा लगानीकर्ताको हानाथाप

शनिबार, ०५ साउन २०८१, ०८ : ५४

काठमाडाैं- सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन ९एफपीओ० मा पहिलो दिनमै मागभन्दा १०५।४० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन ४९ करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

जसमा ३ लाख १० हजार ८८ जना आवेदकहरुले ४९ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आज ९साउन ४ गते० देखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ । 
 

शनिबार, ०५ साउन २०८१, ०८ : ५४

प्रतिक्रिया