काठमाडाैं- अघिल्लो साता उत्साहित बनेको शेयर लगानीकर्ता यो साताको बजारलाई निकै चासोका साथ हेरिएको छ । सरकारले आज मौद्रिक नीति पनि ल्याउने तयारीमा जुटेको छ ।
अघिल्लाे साता नेप्से सूचक २ हजार २ हजार २३०.५० को न्युनतम् विन्दु र २हजार २२४.५९ को उच्चविन्दुमा रहेकाे थियाे । जसमा १९४.०९ विन्दुको उत्तारचढाव देखिएको छ ।नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकमले पनि बुल यात्राकै संकेत गरेको छ । अघिल्लो साता ८४.९ अंकले बजार बढेर २ हजार २०४.६१ विन्दुमा बन्द भएको थियो । उक्त साता न्युनतम विन्दु २ हजार १२१.९९ न्यनतम् विन्दुबाट बढेर २ हजार २०५.१५ विन्दुमा पुगेको थियो ।
अघिल्लो साता ८३.१६ प्रतिशतको उत्तारचढाव देखिएको थियो ।कारोबार रकम पनि अघिल्लो साताको तुलनामा यो साता करिब ८३ प्रतिशतले बढेको छ ।अघिल्लो साता २८ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । अघिल्लो साताको तुलनामा यो साता लगानीकर्ताहरु उत्साहीत बन्न पुगेका छन् । करिब ३४ महिनापछि शेयर बजारमा आएको सुधारले लगानीकर्ताहरु उत्साहित भएका हुन् । यतिबेला सबै पक्षले शेयर बजारलाई साथ दिएको अवस्था छ । बैंकको ब्याजदर घट्दो क्रममा छ ।
प्रतिक्रिया