काठमाडौँ- साताको पहिलो कारोबारको दिन आइतबार नेप्से ६१.६१ अङ्कले बढेको २५ सय नजिक पुगेको छ। आइतबार नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्कले बढेर २ हजार ४ सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ।
आइतबार ३ सय १५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ रहेको छ।
आइतबार कारोबारमा आएका ३ सय १५ कम्पनीमध्ये १ सय ८१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको मूल्य घटेको छ। बढ्नेमा युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्त अगाडि छन्। कारोबारका आधारमा सोल्टी होटेल अगाडि छ। यो कम्पनीको ३४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोडको सेयर कारोबार भएको छ।
प्रतिक्रिया