काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडको संस्थापक चंचल देवी जैनको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा सर्वसाधारणलाई आएको छ ।
बैंकले एक सूचना जारी गर्दै आज साउन ७ देखि देखि उक्त सेयर बिक्रीमा राखेको हो । सो सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण खुलाई नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया