एनआईसी एशिया बैंकले सीआईटीको शेयर बिक्री गर्दै

सोमबार, ०७ साउन २०८१, १३ : ०४

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।

बैंकले आफ्नो स्वामित्वको ५० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै किन्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ निर्धारण गरिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १० हजार र बढीमा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरीद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


 

सोमबार, ०७ साउन २०८१, १३ : ०४

प्रतिक्रिया