नेप्से परिसूचक पुग्यो २५ सय अङ्कको बिन्दुमा

मंगलबार, ०८ साउन २०८१, १२ : ५३

काठमाडौँ - २९ महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै  २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । 

विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचकले आज २५ सय अङ्कको बिन्दु पार गरेको हो । यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो । त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो । तर लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा बसेपछि आज यो समाचार तयार पार्दासम्म परिसूचक बढेर २५ सय ३० अङ्कमा पुगेको छ ।

यस क्रममा आज ४२.४७ अङ्कले परिसूचक बढेको छ । यो १.७० प्रतिशतको वृद्धि हो । यो समाचार तयार पार्दासम्म ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको १ करोड ६८ लाख कित्ता सेयर किनबेच भएको छ ।


सेयर बजार : २९ महिनापछि परिसूचक २५ सय अङ्कको बिन्दुमा

मंगलबार, ०८ साउन २०८१, १२ : ५३

प्रतिक्रिया