काठमाडौं - सेयर बजार ७५.३३ अंकले बढेर २५६३ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा उछाल आउँदा सबै उपसूचक हरियाली भएको छ । यस दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २४ करोड ६९ लाख २३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको २४ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै यस दिन हिमालयन इिन्स्योरेन्सको २३ करोड २ लाख ६४ हजार रुपैयाँ, शाइन रेशुङ्गा बैंकको २१ करोड ५६ लाख ४ हजार रुपैयाँ र ङादी ग्रुप पावरको २० करोड १९ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।


सकरात्मक सर्किट लागेका कम्पनीहरु
आज बोतलर्स नेपाल बालाजु, सम्वृद्धि फाइनान्स कम्पनी, माण्डु हाइड्रोपावर, हावथे इन्भेष्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, साहस उर्जा कम्पनी, ग्लोबल आइएमई ब्यालेन्ड फण्ड, हिमालयन उर्जा विकास कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया