एकवर्षमा ओटीसी बजारबाट ५ अर्बको शेयर कारोबार

मंगलबार, ०८ साउन २०८१, १५ : ५१

काठमाडौँ-  गत आर्थिक वर्ष २०८०/०८१ मा ओटीसी बजारबाट ५ अर्ब ४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मंगलबार तथ्यांक सार्वजनिक गर्दै ३ करोड ६५ लाख कित्ता शेयर किनेबेचहुँदा सो उक्त रकम कारोबार भएको जनाएको छ । पछिल्लो ओटीसी कारोबारमागर्ने लगानीकर्ताहरुको संख्या पनि बढ्दो छ । यस कारोबारलाई पनि डिजिटल मार्फत कारोबार गर्ने व्यवस्था मिलाउने तयारी रहेको छ ।  गत वर्ष ३१ कम्पनीको १०० रुपैयाँदेखि ९ हजार ३ यस ७५ रुपैयाँसम्ममा शेयर किनबेच भएको हो ।

कस्ता कम्पनीको कारोबार हुन्छ ओटीसी बजारमा ?
नेपाल स्टक एक्सचेन्जले ओटीसी अवधारणा विकास गरी बि सं २०६४ साल देखी संचालनमा ल्याएको हो । २०७२ माघ १८ गते देखि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार यस लि।मा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयरको कारोबार यस लि. को ओटिसि बजार मार्फत खरिद विक्रि गरिन्छ।

हाल सम्म जम्मा २४४ वटा कम्पनीहरु यस बजारमा दर्ता भइ कारोबार भएको छ ।

मंगलबार, ०८ साउन २०८१, १५ : ५१

प्रतिक्रिया