सूर्योदय वोमी लघुवित्तको एफपीओमा ५१०.१३ गुणा बढी आवेदन

मंगलबार, ०८ साउन २०८१, १७ : ५०

काठमाडौँ - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज अन्तिम दिन साउन ८ गते साँझसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५१०.१३ गुणा बढी आवेदन हो । लघुवित्तले  १०० रुपैयाँमा ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता एफपीओ जारी गरेको हो । यस अनुसार यसमा ४ हजार ६७३ जनाले १०\१० कित्ताका दरले एफपीओ सेयर पाउने छन् । यस हिसाबले १६ लाख ५२ हजार १५३ जनाको हात खाली हुने भएको छ ।

 

मंगलबार, ०८ साउन २०८१, १७ : ५०

प्रतिक्रिया