आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न

मंगलबार, ०८ साउन २०८१, १८ : ३१

 

काठमाडौँ - आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न भएको छ ।

साउन पाँच गतेदेखि आठ गतेसम्म सञ्चालन भएको उक्त कन्फ्रेन्स भव्यताका साथ सम्पन्न भएको हो । पोखरामा देशैभरका ब्रान्च म्यानेन्जरहरुको उपस्थितिमा कार्यक्रम आज सम्पन्न हुने भएको छ ।कार्यक्रममा कम्पनीका देशैभर शाखा कार्यालयका ब्रान्च म्यानेन्जरहरुको उपस्थिति रहेको थियो । कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेनजरलाई सम्मान समेत गरेको थियो ।

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बिमा व्यवसाय सँग सम्बन्धित वर्तमान पाटो बारे विवेचना गरी चालु आ.व.को बाँकी अवधिको व्यावसायिक खाका कोर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले ब्रान्च म्यानेजलाई प्रोत्साहन गर्न हरेक बर्ष यस्ता सम्मान तथा उत्प्रेरणामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ।

 

मंगलबार, ०८ साउन २०८१, १८ : ३१

प्रतिक्रिया