बेष्ट फाइनान्स  कम्पनीको संस्थापक शेयर  विक्रिमा

बुधबार, ०९ साउन २०८१, ०७ : १९

काठमाडाैं-बेष्ट फाइनान्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयरमा कम्पनीका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।  इच्छुक शेयरधनीले ३५ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खदिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
 

बुधबार, ०९ साउन २०८१, ०७ : १९

प्रतिक्रिया