कहिले नेकपा एमालेको कहिले नेपाली काङ्ग्रेसको बुइ चढेर सत्तारोहण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताचुत भएका छन् । उनको सत्ता रहिन्जेल केही न केही कुरा बाहिर आइरहे । पहिलो संविधानसभा २०६४ मा सबैभन्दा पहिलो दल रहेको माओवादी त्यसपछिका सबै चुनावमा क्षयिकरण बाहेक केही भएन । ३ पल्ट प्रधानमन्त्री बनेका प्रचण्ड जति नै उथलपुथलकारी भए पनि उनको पार्टी सुकेनासे भएकाले फेरि माओवादी पहिलो वा दोस्रो दल बनेर सत्तामा पुग्छ भनेर कल्पना गर्न पनि सकिन्न । माओवादीको यही हविगत हो भने पातालिकरण नै हो । निरास जनतालाई जगाउने र काङ्ग्रेस एमालेले केही माखो नमारे प्रचण्डले आफ्नो पार्टीलाई पुर्व माओवादीहरुको केन्द्र बनाउने हो भने फेरि माओवादीहरू जाग्ने अवसर पनि हो ।
इतिहासको यो घडीमा प्रचण्ड पातालीकरण वा पुनर्जागरणको मोडमा पुगेका छन् । यो अवस्थामा पुग्नुको सम्पुर्ण जस अपजस उनै हुन् । माओवादी पार्टीलाई सशस्त्र बिद्रोहका बेलाको जस्तो एकढिक्का बनाउन नसक्नुको परिणाम हो यो । अर्को प्रचण्डको घमण्डी शैली , ब्यक्तिवादी प्रवृत्ति , परिवारवादले नै विगतको प्रचण्डलाई खाएर पुष्पकमल दाहाल मात्रै बाकी रहेको हो । प्रचण्डले यति ठुलो अवसर पाएर पनि सत्ता गुमाउनुको कारण द्रब्यमोह आफ्नो पार्टीको साइज भुलेर सत्ताप्राप्तिको चरम अवसरवाद हो । माओवादी पार्टी जोगाउन र एमालेलाई सधैं सत्ताबाट बाहिर राख्न नेपाली काङ्ग्रेससङ्गको गठबन्धन तोड्न हुँदैनथ्यो । ओली जस्तो चतुर्याइँ नजान्नेले किन ओलीसंगै मिलेको ?
समय अझै घर्किएको छैन पातालीकरण जोगाउन समयले प्रचण्डलाई अन्तिम अवसर दिएको छ । बिगतको भुमिका माथि गम्भीर समिक्षा गर्दै विभिन्न पार्टी बनाएका पुर्व माओवादीलाई संगठीत गर्नु र बिगतको अघुरो क्रान्तिलाई पुरा गर्नु । सुशासनकै मुद्दामा शान्तिपुर्ण आन्दोलन र राष्ट्रपति कार्यकारी हुने शासनले मात्र अब फेरि प्रचण्डलाई प्रचण्ड बनाउन सक्ला नत्र उहि हो प्रचण्ड पाताल भासिने र माओवादी मासिने ।
प्रतिक्रिया