काठमाडाैं- आज साताको अन्तिम कारोबार हुदै छ । बुधबार अन्तर दिनको कारोबारमा २६ सय विन्दु भेटेको नेप्सेमा कारोबार अवधिमा पटक–पटक ८५ अंक बराबरको स्विङु देखियो।
कारोबार अवधिमा नेप्से बढ्दा ३७ अंकले बढ्ने र घट्दा भने ५० अंकसम्म ओर्लिएको थियो। यस दिन नेप्सेले २६००.४१ मा उच्च विन्दु र २५१३.९१ मा न्यून विन्दु बनायो। असार ३१ गतेदेखि हरेक दिन बढेर ३ सय २३ अंक जोडेको नेप्सेले बुधबार भने २७.३२ अंक गुमायो। बुधबार नेप्से २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा बजार बन्द भएको छ।
बजार उच्चले बढिरहेकोले धेरै लगानीकर्ताहरू प्रोफिट बुकिङमा लागेकोले पनि बुधबार नेप्सेमा करेक्सन आएको हो। यसदिन कारोबार रकम ३६ महिना नै उच्च भएको छ। यस दिन १६ अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ। यसअघि २०७८ भदौ ३ गते बजारमा २० अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो। मंगलबार भने १४ अर्ब ११ करोड ६३ लाख रूपैयाँको कारोबारको सेयर कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब नौ करोड रूपैयाँ वृद्धि भएको हो। भोलि सरकारले संम्भवत मौद्रिक नीति पनि ल्याउँदै छ । नीति ल्याउने भएपछि शेयर बजारको विषयमा पनि नीतिले लकचकता अपनाउने अपेक्षा गरिएको छ ।पछिल्लो समय आम लगानीकर्ता उत्साहित हुँदा बजारले माथिल्ला विन्दुहरु तय गर्दै गएको हो । बजारमा वृद्धिको यात्रा जारी भएसँगै नयाँ लगानीकर्ताको प्रवेश बढ्ने गर्दछ । यसले सेयर बजारलाई थप गति दिने जानकारहरु बताउँछन् ।
प्रतिक्रिया