प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

विहीबार, १० साउन २०८१, १६ : ३८

काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।  

बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘८ प्रतिशत प्राइम डिबेञ्चर २०९१’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै साउन २ गते आवेदन दिएको हो ।   

कुल निष्कासमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।  

बैंकले ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।

विहीबार, १० साउन २०८१, १६ : ३८

प्रतिक्रिया