नेपाल राष्ट्र बैंक भाेलि मौद्रिक नीति ल्याउने तयारीमा जुटेकाे छ । वि=स २०५९\०६० मा तत्कालिन गभर्नर डा तिलक रावलले पहिलो मौद्रिक नीति ल्याएका थिए । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९४ बमोजिम पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरिएको थियो । राष्ट्र बैंकमा ३ वर्षसम्म गभर्नर रहँदा वित्तीय सुदृढिकरणका लागि पहिलोसँगै दोस्रो र तेस्रो मौद्रिक नीति उनैले सार्वजनिक गरेक थिए ।
गभर्नर डा.रावलले मौद्रिक नीति ल्याउँदा नेपालमा १२ वर्षे जनयुद्ध र दरबार हत्याकाण्डका कारण अर्थतन्त्र तहसनहस अवस्थामा थियो । त्यो बेला ४ प्रतिशतको आर्थिक वृद्धि दर र शोधनान्तर बचत ३.५ देखि ४.० अर्बमा पु¥याउने लक्ष्य राखिएको थियो । तेस्रो मौद्रिक नीतिका रुपमा पूर्वगभर्नर विजयनाथ भट्टराईले आर्थिक वर्ष २०६२\०६३मा ल्याएका थिए । उनले ल्याएको चौथो मौद्रिक नीतिका रुपमा आर्थिक वर्ष २०६३\०६४ मा मौद्रिक नीति सार्वजनिक गरेका थिए ।
त्यसपछि आर्थिक वर्ष २०६४\०६५ मा पूर्वगभर्नर कृष्ण बहादुर मानन्धरले पाचौँ मौद्रिक नीति सार्वजनिक गरेका थिए । आर्थिक वर्ष २०६५\०६६ मा छैटौँ मौद्रिक नीति पनि उनैले सार्वजनिक गरेका थिए ।त्यसपछि आर्थिक वर्ष २०६६\०६७ मा पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपालको सातौं मौद्रिक नीति सार्वजनिक गरेका थिए ।
आठौं मौद्रिक नीति पूर्वगभर्नर डा.युवराज खतिवडाले आर्थिक वर्ष २०६७\०६८ देखि बाह्रौँ २०७१ \०७२ सम्म मौद्रिक नीति सार्वजनिक गरेका थिए ।पूर्व गभर्नर डा। चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७२\०७३ मा सार्वजनिक गरेका थिए । त्यसपछि क्रमशः अहिलेसम्म मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।
उनले आर्थिक वर्ष २०७६\०७७ को मौद्रिक नीति सत्रौँ मौद्रिक नीति हो । त्यस्तै,अठारौ मौद्रिक नीति गत आर्थिक वर्ष २०७८\०७९ मा महाप्रसाद अधिकारीले २०७९\८० र २० ८०\०८१ र भोलि २०८१ \०८२ २१ औ। मौद्रिक नीति प्रस्तुत गर्दै छन् ।
प्रतिक्रिया