ताजा समाचार

सानिमा जीआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

शुक्रबार, ११ साउन २०८१, १२ : ४३

काठमाडौँ - सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

सेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । सो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापकबाट उक्त सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 
 

शुक्रबार, ११ साउन २०८१, १२ : ४३

प्रतिक्रिया