मौद्रिक नीतिले ग्रीन सिग्नल दिएको शेयर बजारमा आइतबार के होला ?

शनिबार, १२ साउन २०८१, ०८ : ३१

काठमाडाैं- यस साता नेप्से परिसूचक करिब ६ प्रतिशत बढेर बन्द भएको छ। गत साता २४२४.३२ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.९३ प्रतिशत अर्थात १४३.८१ अंक बढेर २५६८.१३ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको बुधबार नेप्सेमा २७ अंकको करेक्सन भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ५.४८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.०६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७२ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १० अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता १४ अर्ब ७२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४ अर्ब १० करोड अर्थात ३८.६४ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत कारोबार संख्या ३३.१२ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या ३५.९२ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब २८ अर्ब रुपैयाँ बढेर ४० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। नेप्से परिसूचक १४३.७९ अंक ९५.९३५० बढेर २,५६८.११ मा बन्द भयो। अघिल्लो साताको तुलनामा ९.९७५ बढेर गत साता परिसूचक २४२४.३२ मा बन्द भयो । यो साता परिसूचक २,६००.४१ सम्म उच्च र २,४०८.२५ बिन्दुमा गएर १९२.१६ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले १९२ दशमलव ३ अंकको अस्थिरता देखाएको थियो ।

मंगलबार सबैभन्दा बढी ७५.३४ बिन्दुले बढेर १४.११ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु ७३.६१ अर्ब रहेको छ । यस वर्षको मौद्रिक नीतिले २०७८/o७९ देखि प्रभाव पार्दै आएको शेयर धितोकर्जाको सीमा संस्थागत लगानीकर्ताको लागि हटाएको छ । यो सीमा संस्थागत लगानीकर्तामा २० करोड रुपैयाँसम्म थियो । यो व्यवस्थाले आगामी दिनमा दीर्घकालीन लगानीकर्ताको रूपमा काम गर्ने विश्वास लिएका संस्थागत लगानीकर्ताहरूले बजारमा लगानी बढाउने र बजारले थप गति लिने विश्वास लगानीकर्ताहरुले गरेका छन्।

शनिबार, १२ साउन २०८१, ०८ : ३१

प्रतिक्रिया