नेप्से परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट

आइतबार, १३ साउन २०८१, ११ : ४२

काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट सर्किट ब्रेक लागेकाे छ  । 

आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित    

आइतबार, १३ साउन २०८१, ११ : ४२

प्रतिक्रिया