एजेन्सी – अभिनेता अमिताभ बच्चन विरामी परेका छन् । उनको स्वास्थ्य अवस्था खराब भएको उनले आफ्नो टुवीटरमार्फत बताएका हुन् ।
भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई निराश बनाउँदैनन् । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर घरको गेट बाहिर उभिएका हज्जरौं प्रशंसकलाई नमस्कार गरेर हात हल्लाएर भेट गर्छन् । यो करिब १५ देखि २० मिनेटसम्म हुन्छ । तर यो आइतबार यस्तो हुन सकेन । अमिताभले सोसल मिडियामा स्वास्थ्यमा आएको खराबीका कारण आफूले यस्तो गर्न नसकेको जानकारी दिए ।
७६ वर्षीया अमिताभ बच्चन, पछिल्लो ३६ वर्षदेखि हरेक आइतबार जुहुस्थित आफ्नो आवास जलसामा प्रशंसकलाई दर्शन दिन्छन् । उनको यो साप्ताहिक भेट कार्यक्रमको नाम ‘सन्डे दर्शन’ हुन्छ । तर हिजो ९२२ बैशाख० मा उनले प्रशंसकलाई आफ्नो दर्शन दिन सकेनन् ।
आफ्नो ट्वीटर अकाउन्टमा उनले यसबारे जानकारी दिँदै लेखे, ‘आज सन्डे दर्शन गर्ने छैन । तपाईंहरु सबैलाई यो जानकारी दिन चाहन्छु कि स्वास्थ्य खराब छ, चिन्ताको कुनै कुरा छैन, बाहिर मात्र आउन नसक्ने भएको छु ।’
प्रतिक्रिया