बैंक तथा वित्तीय संस्थाका ४ वर्गलाई विदेशी मुद्रामा ऋण भित्र्याउने इजाजतपत्र, अन्यको हकमा के हुन्छ?

सोमबार, १४ साउन २०८१, ०५ : ४९

काठमाडाैं- नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली २०८१ लागू गरेको छ। गत  साउन ४ गते बसेको सञ्चालक समितिबाट पास भएको विनियावली आइतबारबाट लागू हुने गरी कार्यान्वयनमा ल्याएको हो । 

विनियमावली अनुसार अब नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख, ग र घ गरि चार वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र स्वाप कारोबार गर्न पाउने छन्। विदेशबाट भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रामा ऋण भित्र्याउने इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक काउन्टर पार्टी बन्न योग्य हुने छन् । विनियमावली बमोजिम गरिने स्वाप कारोबार अमेरिकी डलर नेपाली रुपैयाँमा हुनेछ।

स्वाप कारोबारको दोस्रो चरणमा पहिलो चरणको रकम बराबरको अमेरिकी डलर तोकिएको फरवार्ड मिति र तोकिएको दरमा राष्ट्र बैंकले काउन्टरपार्टीलाई बिक्री गरी नेपाली रुपैयाँ खरिद गर्ने व्यवस्था विनियमावलीमा गरिएको छ।

अमेरिकी डलर रकम, स्पट दर, पहिलो चरणको कारोबार राफसाफ मिति, फरवार्ड मिति र दोस्रो चरणको कारोबार राफसाफ मिति स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गरिनेछ।नेपाल राष्ट्र बैंक विदेशी मुद्रा खरिदबिक्री तथा बजार हस्तक्षेप निर्देशिका, २०७८ को दफा ८ बमोजिम हुन आउने अमेरिकी डलर र नेपाली रुपैयाँको विनिमय दर नै स्वाप कारोबारको स्पट दर हुनेछ ।

स्वाप कारोबारको लागि स्वीकृत काउन्टरपार्टीले स्वाप कारोबार बमोजिम आफूले पहिलो चरणको स्वाप कारोबारमा बिक्री गरेको अमेरिकी डलर रकम राफसाफ मितिमा राष्ट्र बैंकको एजेन्सी खातामा जम्मा नगरी ढिला गरी जम्मा गरेको खण्डमा ढिला भए जति दिनको लागि सोही अवधिमा राष्ट्र बैंकलाई फेडरल रिजर्भ बैंकबाट पुन  स् खरिद सम्झौता पूलमा प्राप्त हुने दरको हिसाबले दिन गन्ति आधारमा हुन आउने अमेरिकी डलर बराबरको रकम जरिवाना लगाइने उल्लेख छ।

सोमबार, १४ साउन २०८१, ०५ : ४९

प्रतिक्रिया