११ वर्षदेखि बाँसको कलामा झुमेका महर्जन दम्पती

हेर्दा सामान्य लाग्ने बाँसमाथिको उनको कलाले नेपालको कुनाकन्दरा मात्र होइन, विदेशी नागरिकको घरको सुन्दर आकृति बन्न सफल भएको छ ।  मन  जितेको छ ।

सोमबार, १४ साउन २०८१, ०७ : ४७

काठमाडाैं- आम मानिसको नजरमा बाँस नौलो कुरा होइन । बाँस नदेख्ने र नचिन्नै कमै मान्छे हुन्छन् । तर, तिनै बाँसलाई कलामा परिणत गरेर नौलो बनाउन खप्पिस छन् ललितपुर कुपन्डोलका अस्तवहादुर महर्जन दम्पती । उनको कलामय जादूले एउटा निर्जीब बाँसलाई जीवन्त बनाइदिन्छ । हेर्दा सामान्य लाग्ने बाँसमाथिको उनको कलाले नेपालको कुनाकन्दरा मात्र होइन, विदेशी नागरिकरको घरको सुन्दर आकृति बन्न सफल भएको छ ।  मन  जितेको छ । उनि भन्छन्,‘ मैले जानेको सिपलाई व्यवहारमा उतारेको हुँ, बाँसले आकार लिएर जीवन्त बने जस्तै यही व्यवसायले मेरो जिन्दगीलाई जीवन्त बनाएको छ ।’

सुरुवातमा विदेशमा आर्कषण मानिएको बाँसको हस्तकला यतिबेला नेपालमा बढ्दो मोहले मख्ख छन् । भन्छन्,‘ हिजो सुरुवातमा नेपाली बाँस त होनि भन्थे,विदेशी चाख मानेर किन्थे अहिले नेपाली बाँसको महत्व बल्ल बुझ्न थालेका छन् ।’ उनको कलाले  बाँसलाई कुर्सी, टेबल, ढाकी, मुढा, चुरा स्टयाण्ड, फोटो फ्रेम, गमला, झोला, खाट, सोफा ल्याम्प, टुल, गिफ्टका लागि आवश्यक टोकरी, ठेकि,डालो डस्टबिन, मुढा, गुन्द्री,गमला बास्केटका साथै ह्याण्डीक्राफ्ट्का सामानहरु बनाएका छन् । उनका सामानहरु थाइल्याण्ड, कोरिया, जापान, अमेरिकासम्म पुगेको छ। 

आफ्नै परिवारको साथ र सहयोगबाट चलेको भएर कमादार भने राख्नु परेको छैन ।  उनले  यि सब आकृति तारु बाँस र निगालोबाट  बनाउँछन् । जसका लागि चितवन,दाङ, नवलपरासी बाट मगाउने गरेको बताउँछन् ।सुरुमा एउटा मात्र पसल खोलेर गुजरा गरिरहेका महर्जनले पछि यसको माग बढ्दै र्गपछि अर्को एउटा पसल पनि खोलेका छन्। यि दुईपसलबाट जिन्दगीको यात्रालाई बाँसको कलालाई रङ्याए जस्तै रङ्ख्याउँदै छन् उनका परिवार । उनकी श्रीमती पनि हस्तकलाका सामानहरु पनि बनाउन सिपालु छिन् । उनका दुवै सन्तान छोरा र छोरीले उनको व्यापारमा साथ दिएका छन् ।


‘आजकाल कक्षा १२ को पढाई सकेर सबै बाहिर जाने मात्र भन्छन् , उनले भने,‘ मेरो छोरा छोरीले मैले नै चलाएको व्यापार व्यवसायमा रुचि राखेर दुवैले पसल हेर्ने गरेका छन् विदेश नजाने भन्छन् । ’ आफ्नो घरमा लामो समयदेखि बाँसबाट बनेको सामानहरुको सजावट गर्ने सोच रहेकी रेमा लम्साल यस्ता प्रकारको सामानले कोठा सजाउँदा छुट्टै आनन्द आउने बताउँछिन् । उनि भन्छिन्,‘ एउटा रुममा पुरै बेद बाँसका सामानहरु राखेर सजाउने सोचमा छु र आज म त्यसैले सामान किन्न आएको हुँ ।’

बाँसबाट बनेका सामानहरु भनेको हाम्रा पुर्खाहरुले प्रयोग गर्ने सामानहरु हुन् र यिनि सामानहरु प्राकृतिक हुन् यि छुट्टै किसिमको आनन्द आउने उनको भनाई छ । हिजो आज बजारमा पाईने ‘लक्जरियस’ सामानहरु छोटो समयमै पूरानो बन्छ । अनि त्यसलाई हटाएर नयाँ राखेको राखै गर्नुपर्ने हुन्छ तर बाँसबाट बनेका यि सामानहरु जति समय राखेपनि यसको महत्व घट्नुको साट्टो झनझन् बढ्दै जाने उनको भनाई छ । 
 

सोमबार, १४ साउन २०८१, ०७ : ४७

प्रतिक्रिया