ताजा समाचार

२७ सयको बिन्दुमा पुग्यो नेप्से

सोमबार, १४ साउन २०८१, ११ : १०

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि–ओपन सेसनमै २५ अंकले बढेको छ । अघिल्लो दिन आइतबारमात्रै ११३ अंकले बढेको नेप्से परिसूचक सोमबार प्रि-ओपन सेसनमा २५ अंकले बढेर २७०६.७३ को विन्दुमा पुगेको हो ।

प्रि-ओपन सेसनमा ९१ हजार ३५ कित्ता शेयर खरिदबिक्रीमा ३ करोड ३५ लाख ४४ हजार रूपैयाँको कारोबार भएको छ । हिजो प्रि–ओपन सेसनमा ३८ अंकले बढेको थियो ।

सोमबार, १४ साउन २०८१, ११ : १०

प्रतिक्रिया