ताजा समाचार

बुधवार बाँडफाँट हुँदै सूर्योदय वोमी लघुवित्तको एफपीओ

सोमबार, १४ साउन २०८१, १३ : ३६

काठमाडौँ - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ १६ गते बाँडफाँट हुने भएको छ ।  कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपीओ बिहान ८ बजे बाँडफाँट गरिने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले साउन ४ गतेदेखि ८ गतेसम्म एफपीओ निष्कासन गरेको थियो । उक्त अवधिसम्ममा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन परेको  सिडिएस एण्ड क्लियरिङले जनकारी दिएको छ । सिडिएसका अनुसार उक्त कित्तामा आवेदन मार्फत २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ सङ्कलन भएको छ । यो आवेदन कम्पनीले निष्कासन गरेका सेयरमा माग भन्दा ५१०।१३ गुणाले बढी हो । 

कम्पनीको एफपीओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने देखिएको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो । यो एफपीओ १०\१० कित्ताका दरले ४ हजार ६७३ जनाले पाउँछन् । सोही मध्यका ९ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् । 

 

 

सोमबार, १४ साउन २०८१, १३ : ३६

प्रतिक्रिया