काठमाडौं- अघिल्लो दिन उछाल आएको सेयर बजारमा आज गिरावट आएको छ । सोमबार बजार २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।
सबैभन्दा बढी सेयर कारेबार गर्ने कमपनीहरु
यस दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६१ करोड १२ लाख ८६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको कुमारी बैंकको ५२ करोड २२ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नेपाल इन्भेष्टमेन्ट बैंकको ३९ करोड १८ लाख ९१ हजार रुपैयाँ, प्रभु बैंकको ३८ करोड १४ लाख ६६ हजार रुपैयाँ र नेपाल फाइनान्सको ३६ करोड ९१ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया