काठमाडौँ- चिनियाँ कार कम्पनी बीवाईडीले पानी र जमिन दुबैमा गुड्नसक्ने एम्फीबायस कारको पेटेन्ट राइट लिएको छ । बजारको आवश्यकता पूरा गर्नका लागि बीवाईडीले एम्फीबायस कारको पेटेन्ट दर्ता गराएको जनाएको छ ।
यसै साता ‘एम्फीबायस भिहिकल र यसको नियन्त्रण विधि’ शीर्षकमा बीवाईडीको पेटेन्ट राइट स्वीकृत भएको हो ।
यसका लागि बीवाईडीले एक एम्फीबायस कार र यसको नियन्त्रण विधि प्रदर्शन गरिसकेको छ । जसअनुसार यस गाडीको बडीसँगै प्याडल ह्वीलहरु जडान गरिएको हुन्छ । जसले प्याडल ह्वीलहरुको स्टेयरिङ एङगल समायोजन गर्न सकिन्छ । साथै प्याडल ह्वीलहरुको भर्टिकल दिशाको समानान्तर घुमाउरो अक्षको चारैतर्फ गाडीको बडीको सापेक्ष रोटेट गरी व्यवस्थित गरिएको हुन्छ । यस्तै पानीमा प्याडल ह्वीललाई घुमाएर गाडीको बडीलाई धकेल्ने प्रविधि यसमा जडान हुन्छ । यसले गाडीलाई पानीमा प्याडल चाल्न मद्दत गरेको हुन्छ । साथै वर्तमान एप्लिकेसनले वेडिङ भिहिकलको सुरक्षा र नियन्त्रण प्रणालीमा सुधार गर्न सक्ने पनि जनाएको छ । साथै विभिन्न प्रवाह दिशाहरु र प्रवाह गतिको साथ पानीमा स्थिर र सिधा रेखामा गाडी गुड्न सक्छ ।
पेटेन्ट एप्लिकेसन
पेटेन्ट एप्लिकेसनमा के उल्लेख छ भने यो भिहिकल १०० र सिपको संरचना एकआपसमा जोडिने वा हाबी हुने अवस्था हुँदैन। साथै यसमा गाडी चलाउने यन्त्र प्रोपेलर र सिप चलाउने पावर मेकानिजम एक आपसमा अलग्गै हुन्छन् । यसैले सिङगल ब्लेड ह्वील १२१ जमिन र पानीको बहाब दुबैमा गुड्न सक्छ ।
एजेन्सी
प्रतिक्रिया